• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गोरखा मिडियामा रकम प्रवाह गर्ने ९ वटा सहकारीको विवरण माग

    1K
    SHARES



    काठमाडौँ । सहकारीको रकम अपचलन, दुरुपयोग र हिनामिनाबारे छानबिन गर्न गठित विशेष छानबिन समितिले छानबिनका लगि तोकिएका अनुसूची २ का ९ वटा सहकारीको विवरण माग गरेको छ । बुधबार बसेको समितिकाे बैठकले छानबिनका लगि तोकिएका अनुसूची २ का ९ वटा सहकारीको विवरण माग गरेको हाे ।

    कागजात सम्बन्धित निकायबाट माग्ने निर्णय गरेको समितिका सभापति सूर्यबहादुर थापाले भने,‘त्यसमध्ये ती सहकारीहरूको पछिल्लो लेखा परीक्षण, साधारण सभाको प्रतिवेदन विवरण, सञ्चालक समितिको विवरण,लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन विवरणहरू मगाउने निर्णय गरेका छौँ’, थापाले बैठकपछि भने,‘र विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति पनि मगाउने निर्णय भएको छ ।’

    साथै बैठकले गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारीबाट प्रवाह भएको रकम सन्दर्भमा चासो केन्द्रित भएको सभापति थापाको भनाइ छ । उनले यसअघिका विभिन्न समितिहरूका प्रतिवेदनहरू प्राप्त भएको भन्दै ती प्रतिवेदनहरू समितिका सदस्यहरूलाई अध्ययनका निम्ति वितरण गरेको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया