काठमाडाैं। अविरल वर्षाका कारण विराटनगरको अधिकांश भाग डुबानमा परेकाे छ । अहिले प्रहरीले डुबानमा परेका घर परिबारकाे उद्दारगरेर सुरक्षित ठाउमा सारी रहेकाे छ ।
महानगर प्रहरीका इन्चार्ज राजन पौडेलले डुबानका कारण विराटनगरको अवस्था नियन्त्रणभन्दा बाहिर भइसकेको बताएका हुन् । पौडेलका अनुसार विराटनगरको पश्चिम भेगका २०० भन्दा बढी परिवारलाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ ।
स्थानियकाे सहयाेगमा प्रहरीले बिहानैदेखि वडा नं. १९ का ३ सय भन्दा बढी परिवारलाई सुरक्षीत ठाउंमा सारेकाे छ ।
‘अब हामी रेस्क्युको चरणमा प्रवेश गरिसक्यौं । अवस्था नियन्त्रणभन्दा बाहिर गइसक्यो,’ पौडेलले भने, ‘अब नाला, पैनी खोलेर पानी बगाएर समाधान हुँदैन । अबको काम भनेको उद्धार नै हो ।’
प्रतिक्रिया