• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    संसद सचिवालयका आन्दोलनरत कर्मचारी र समितिबीच वार्ता

    1K
    SHARES



    काठमाण्डाैं । सरकारले सेवासुविधा थप लगायत माग गर्दै आन्दोलनरत संसद सचिवालयका कर्मचारीसँग वार्ता सुरू गरेको छ।

    सोमबार काठमाडौंको बानेश्वरस्थित संसद भवनमा संसद सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिसँग कानुन मन्त्री पदम गिरीको नेतृत्वको समितिबीच छलफल चलिरहेको हो ।

    अहिले युनियनका प्रतिनिधिसँग संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्याल, नेकपा एमाले सचेतक सुनिता बराल बैठकमा सहभागी रहेका छन् ।

    आइतबार बिहान मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गिरी नेतृत्वको समिति बनाएको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुन लगायत नेताहरूको बैठकले कर्मचारीको मागबारे सहजीकरणका लागि समिति बनाएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया