काठमाडौं । असार महिनाको पहिलो साता शेयर बजारका लागि सुखद रहेन । साताभरमा नेपाल स्टक एक्सजेञ्ज (नेप्से) ४२.९८ अङ्कले घट्यो ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार २१११.२९ अङ्कमा रहेको नेप्से परिसूचक यो साताको बिहीबारसम्म आउँदा २०६८.३१ विन्दुमा झरेको हो ।
यो साता नेप्सेमा ४ दिनमात्र कारोबार भयो । ३ दिन बजार घट्यो भने एक दिन झिनो अङ्कले बढ्यो । सोमबार बकर इदका दिन सार्वजनिक बिदा हुँदा शेयर बजार बन्द रह्यो ।
४ दिनको कारोबारमा नेप्से ४२ अङ्कले घट्ता दैनिक औसत १०.७४५ अङ्कले घटेको छ । यो साता कारोबार अङ्क भने सकारात्मक देखिएको छ । ४ दिनमा १६ अर्ब ६७ करोड ६ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सातामा दैनिक औसत ४ अर्ब १६ करोड ७६ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।
यो साता ४ दिन अवधिमा ३ अर्ब ६१ करोड ७७ लाख ५९४ कित्ता शेयर किनबेच भएको छ । दैनिक औसत ९० लाख ४४ हजार ३९८ कित्ता शेयर कारोबार भएको छ ।
सातामा जम्मा २ लाख ३० हजार २३ पटक शेयर किनबेच भएको छ । ४ दिनमा औसत दैनिक ५७ हजार ५०६ पटक शेयर किनबेच भएको छ ।
प्रतिक्रिया