काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिनपनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले असार ३ देखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।
जसअनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । सोही मूल्यमा सोमबार र मंगलबार पनि कायम भएकोमा आइतबार भने सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५सय रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्यचाहिँ घटेको छ ।
मंगलबार तोलामा १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार भने घटेर तोलामा १ हजार ८सय ५ रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया