• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    फिस्लिङ दुर्घटना : कार चालकको उपचारको क्रममा मृत्यु, ३ जनाको अवस्था गम्भीर

    1.2K
    SHARES



    चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङ बजार नजिकै भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । शुक्रबार बिहान दुर्घटनामा परी घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको  हो ।

    कार चालक कास्कीको पोखरा महानगरपालिका-५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ आइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२-०२९च ३७२० नम्बरको कार ठोक्किएर उक्त दुर्घटना भएको हो ।

    दुर्घटना परी १३ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया