• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

राजनीति सुदुरपश्चिम

सहकारी ठगी प्रकरणमा छानविनको माग गर्दै कांग्रेसले गर्यो सुदूरपश्चिम प्रदेशसभा बहिष्कार

2.7K
SHARES



काठमाडौँ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले प्रदेशसभाको बैठक बहिष्कार गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिष्कार गरेको हो ।

आइतबार दिउँसो बसेको बजेट अधिवेशनको पहिलो प्रदेशसभा बैठक कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले बहिष्कार गरेको हो ।

कांग्रेस र नाउपाका सांसदहरू बेल घेराउ गर्दै सहकारी ठगीमा मुछिएकाहरूमाथि छानबिन गर्न माग गर्दै नाराबाजी बाहिरिएका थिए ।

उभिएर विरोध जनाएपछि सभामुखले दिएको समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले सहकारी ठगीमा जोडिएकाहरूमाथि छानबिन गर्नुपर्ने बताए ।

उनले गृहमन्त्रीले सञ्चार माध्यममाथि प्रतिशोध साँध्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिरालाई पक्राउ गरेको आरोप लगाए ।

कांग्रेस र नाउपाको रेशम पक्षले सभा बहिष्कार गरेपनि राप्रपाको उपस्थितिमा सभामुखले बैठक सञ्चालन गरेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ