काठमाडौँ । भारतमा मानव दुध विक्री गर्न नपाइने भएको छ । भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले मानव दुधको प्रोसेसिङ र विक्रीको अनुमति दिन अस्वीकार गरेको हो ।
मानव दुध र यसको उत्पादनको व्यवसायीकरणसम्बन्धी सबै गतिविधि रोकिने बताइएको छ । मे २४ मा विभागले मानव दुध र यसको उत्पादनको अनधिकृत व्यवसायीकरणमाथि सुझाव भन्दै एउटा एड्भाइजरी नै जारी गरेको थियो । ‘एफएसएसएआइ ऐन, २००६ र यसअन्तर्गत बनाएका नियम र विनियमअनुसार मानव दुधको प्रशोधन र/वा बिक्रीको अनुमति दिइएको छैन,’ सो एड्भाइजरीमा भनिएको छ ।
मानव दुध र यसका उत्पादनहरूको व्यापारीकरणसँग सम्बन्धित सबै गतिविधिहरुलाई तुरुन्तै बन्द गर्न सल्लाह दिइएको र यसको उल्लंघन गरेमा कारबाही गरिने बताइएको छ ।
प्रतिक्रिया