• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    फेरि ९ अंकले घट्यो सेयर बजार

    1.1K
    SHARES



    काठमाडौँ। साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । साताको पहिलो कारबार दिन आइतबारदेखि निरन्तर उकालो लागेको नेप्से चौथो दिन फेरि ९.५४ अंकले घटेर बन्द भएको हो ।

    नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.६० प्रतिशतले गिरावट आएर ३५८.०९ विन्दुमा अडिएको छ ।

    यसदिन ३१५ स्क्रिप्सको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँमा खरिदबिक्री भए। झन्डै दोहोरो अंकले घटेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

    अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले वृद्धि भएको हो ।

    यसदिन गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए । सोको सेयर मूल्य १० प्रतिशतले ओरालो लाग्यो । ११ करोड मूल्य बढीको कारोबार गरी पिपुल्स पावर शीर्षस्थानमा रह्यो ।

    ३ वटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन् । कारोबारमा आएका ६५ स्टकको मूल्य बढ्दा १७२ वटाको घट्यो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ