• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अखिल (क्रान्तिकारी)ले मनायो ६० औं विद्यार्थी एकता दिवस

    2.3K
    SHARES



    काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)ले ६० औं विद्यार्थी एकता दिवस भव्य रुपमा मनाइएको छ । मंगलबार संगठनले रत्नपार्क शान्तिबाटिकाबाट ¥याली निकाल्दै कमलादीस्थित प्रज्ञाभवनमा पुगेर औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो ।

    कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सह-संयोजक धर्मेन्द्र बास्तोला कञ्चनले सम्बोधन गरे । उनले विद्यार्थी एकता दिवसको ऐतिहासिक महत्वमाथि प्रकाश पार्दै भावी राजनीतिक क्रान्तिमा विद्यार्थी आन्दोलनको भूमिका अझै महत्वपूर्ण हुने बताए ।

    त्यसैगरी कार्यक्रममा अखिल (क्रान्तिकारी)का इन्चार्ज हरिकृष्ण गजुरेल र अखिल र्छैठौं कि नेतृ प्रतिभा शर्मा लगाएतले समेत मन्तब्य राखेका थिए । कार्यक्रममा पार्टीका कार्यालय सदस्यहरु अटल, दिपक, आजाद, गुणराज, निर्मल, कृष्णराज पौडेल, चिन्तामणि पौडेल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्मा सागर, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठ, क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महत, स्वास्थ्यकर्मी संगठनकी संयोजक इन्दिरा अधिकारी, क्रान्तिकारी युवा संगठनका संयोजक हरिश भट्ट, एकीकृत दलित मुक्ति मोर्चाका संयोजक दर्शन नेपाली, क्रान्तिकारी पत्रकार संगठन नेपालका संयोजक कमल बुढा ‘इमान्दार’, रक्तिम परिवारका संयोजक नारायण शर्मा लगायतका नेताहरु अतिथि थिए ।

    कार्यक्रममा सामना साँस्कृतिक परिवार, रक्तिम परिवारका कलाकारहरुले क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए ।

    यसैबीच अखिल (क्रान्तिकारी)ले संगठनका संयोजकको गिरफ्तारीका विरुद्ध अहिले साँझ रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गर्दैछ । सोमबार काठमाडौँबाट गिरफ्तार परेका संगठनका संयोजक मिलन राईलाई तत्काल रिहा गर्न माग गर्दै क्रान्तिकारीले प्रदर्शन गर्न लागेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया