• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हुन्डीको कारोबारमा संलग्न दुई चिनियाँसहित तिन जना पक्राउ

    806
    SHARES



    काठमाडौँ । हुन्डीको कारोबारमा संलग्न दुई चिनियाँसहित तिन जना ठमेलबाट पक्राउ परेका छन् । प्रहरीले हुन्डी कारोबार हुने गरेको सूचनाका आधारमा उनीहरूलाई राजधानीको ठमेलबाट पक्राउ गरेको हो ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होबिन्द्र बोगटीले तीन जना पक्राउ परेको जानकारी दिँदै उनीहरू हुन्डी कारोबारमा संलग्न रहेको आशङ्कामा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

    उनका अनुसार ठमेलस्थित होटल ज्याङ्सुबाट सुरुमा एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको उनको साथबाट करिब ३५ लाख रुपैयाँ बरामद भएको छ ।

    त्यसपछि ठमेलकै अर्को ठाउँबाट थप एक चिनियाँ नागरिक र अर्का एक नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिइएको उनको भनाइ छ । उनीहरूको साथबाट करिब ९ लाख रुपैयाँ बरामद भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ