• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

    583
    SHARES



    काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

    पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनी अहिले बालुवाटार पुगेका हुन् । उपप्रधानमन्त्री यादव विदेश भ्रमणमा रहेका बेला उनी नेतृत्वको जसपा आइतबार फुटेको थियो ।

    भ्रमण टुङ्ग्याएर गएराति मात्र स्वदेश आइपुगेका यादवले प्रधानमन्त्रीसँग नयाँ परिस्थितिको विषयमा छलफल गर्ने बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ