• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय राजनीति

    पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय नागरिक पक्राउ

    1.2K
    SHARES



    अटोवा । क्यानडा प्रहरीले सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरेको दाबी गरेको छ । निज्जर हत्या प्रकरणपछि भारत र क्यानडाबिच ठुलो कूटनीतिक विवाद उत्पन्न भएको थियो ।

    गत वर्ष जुनमा क्यानडाको भ्यानकुभर नजिकै बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेका थिए । त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएका थिए र आफूसँग यसका लागि भरपर्दो प्रमाण रहेको पनि बताएका थिए । तर, भारतले यी आरोप अस्वीकार गर्दै आएको छ ।

    पक्राउ पर्नेमा २२ वर्षीय करण बरार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह रहेको शुक्रबार प्रहरी अधिकारी मनदीप मुकरले जानकारी दिए । तीनै जना अल्बर्टाको एडमन्टनमा बस्दै आएका थिए, जहाँबाट उनीहरूलाई प्रहरीले पक्राउ गरिएको उनले बताए ।

    अदालतको अभिलेख अनुसार तीनै जनालाई हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ । प्रहरीका अनुसार पक्राउ परेका सबै विगत तीनदेखि पाँच वर्षदेखि क्यानडामा बस्दै आएका थिए । प्रहरीले अनुसन्धान जारी रहेको र उनीहरूको ‘भारत सरकारसँगको सम्बन्ध’ पनि खोजी भइरहेको बताएको छ । -बीबीसी

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ