• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पोखरामा युवकको शव फेला, अनुहार र शरीरमा चोट

    819
    SHARES



    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवकको शव भेटिएको छ ।

    बीच सडकमा रगतसहित युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा रगतसहित अनुहार र शरीरमा चोट लागेको शव भेटिएको हो ।

    घटनास्थलमा शवसहित हथौडासमेत भेटिएको र प्रहार गरिएका चोटहरु शरीरमा रहेकाले हत्या भएको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

    साथबाट परिचय खुल्ने कुनै पनि कागजात नभेटिँदा, कुनै पनि स्थानीयले नचिन्दा र देखिइराखेको व्यक्तिसमेत नपरेको हुँदा अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।

    बिहान ५ बजे प्रहरीले सडकमा मानिस मरेको अवस्थामा भेटिएको सूचना पुगेको थियो । साढे १/२ बजेसम्म मानिसहरु हिँड्दा नदेखिएको र बिहान ५ बजेतिर शव भेटिएको सूचनापछि प्रहरी पुगेर हेर्दा घटना ४ वा साढे ४ बजेतिर भएको हुन सक्ने अनुमान गरिएको छ ।

    राति नै हत्या भएको हुन सक्ने स्थानीयहरुको भनाइ छ । शवको पोष्टमार्टमपछि थप अनुसन्धानका लागि सहयोग पुग्ने प्रहरीले बताएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ