• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    दरबन्दीभन्दा बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

    149
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै दरबन्दीभन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको छ।

    गृह मन्त्रालयअन्तर्गत अध्यागमन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखी खटनपटन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

    अख्तियारले त्यसको जानकारी गराउँदै प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत जेठ २१ गते यी दुई मन्त्रालयलाई पत्र पठाउँदै दरबन्दीभन्दा बढी कर्मचारी नराख्न र दरबन्दीअनुरूपको कर्मचारीहरू सात दिनभित्र पदस्थापन र व्यवस्थापन गर्न निर्देशन दिएको हो।

    ‘दरबन्दीभन्दा बढी कर्मचारी भएको भन्ने सन्दर्भमा अख्तियारमा उजुरी परेको र त्यसको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि आएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पत्र पठाएर दरबन्दीभन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको छ। दरबन्दीअनुरूपका कर्मचारीहरूलाई सात दिनभित्र पदस्थापन र व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवम् प्रवक्ता प्रेमप्रसाद आचार्यले जानकारी दिएको छ।

    दरबन्दीभन्दा बढी कर्मचारी भएका निकाय र त्यहाँ कार्यरत कर्मचारीको विवरणसमेत माग गरिएको आचार्यले जानकारी दिए।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख एवम् गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसा प्रकरणमा मुछिएपछि यसबारे चासो राखिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

    अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखिएको, आवश्यक ठाउँमा दरबन्दी रिक्त राखी सेवा प्रवाहमा दख्खल पुर्‍याएको भन्दै अख्तियारमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले चासो राख्दै कारबाहीको चेतावनीसहितको पत्र पठाएको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ