• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    योग्य व्यक्तिले टिकट नपाउने पार्टीसँग आशा गर्नुहुँदैन- स्वर्णिम वाग्ले

    1.2K
    SHARES



    काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले योग्य व्यक्तिले टिकट नपाउने पार्टीसँग आशा गर्न नहुने बताए । बुधबार इलामको चुनावी सभालाई सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन् ।

    इलाम–२ मा कांग्रेसबाट उम्मेदवारका आकांक्षी भेषराज आचार्यले नै टिकट पाउन योग्य रहेको तर आचार्य पक्षले लिएको विचार पार्टीमा बिलाउने अवस्थामा रहेको वाग्लेको आरोप छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा पक्षलाई संकेत गर्दै उनले भने, ‘अर्को प्रवृत्ति छ ८० प्रतिशत जति कब्जा त्यो गुटले गरेको छ । विकृत, भ्रष्ट, निकम्मा समूहका रुपमा पनि यहाँ उम्मेदवार बनाइएको छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया