• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    औषधिमा प्रयोग हुने केमिकल बोकेकाे ट्रकमा आगलागी

    794
    SHARES



    काठमाडौं । धादिङको गजुरीमा गुडिरहेको एक केमिकल बोकेको ट्रकमा आगलागी भएको छ । मंगलबार आज केमिकल बोकेको ट्रकमा आगलागी भएको हो ।

    ट्रक रुपन्देहीको सुनौलीबाट काठमाडौंतर्फ आइरहेको थियो भने आगलागीको कारण खुलिसकेको छैन तर केमिकलहरु एकापसमा ठोक्किएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

    औषधिमा प्रयोग हुने केमिकल लोड भएको भनिए पनि कस्तो खालको केमिकल हो भन्ने  खुलिसकेको छैन प्रहरीले भन्यो ।

    आगलागी भएपछि राजमार्गमा दुवैतर्फको सवारी आवागमन प्रभावित भएको थियो । आगो निभाउन धुनिबेसी नगरपालिकाबाट दमकल मगाइएको थियो । तर दमकल आउन ढिला भएकाले आगो ट्रकभरी फैलिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ