• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    माधव नेपालद्वारा विद्या भण्डारीलाई सम्मान गर्ने कार्यक्रम बहिष्कार

    643
    SHARES



    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एमालेले पूर्व राष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई सम्मान गरिने कार्यक्रमलाई बहिस्कार गरेको छ ।

    आज सोमबार आयोजना गरेको पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सवमा नेपाल नजाने भएका हुन् ।

    एमालेले हीरक महोत्सवमा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको छ भने अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा बोलाएको छ ।

    गोदावरीस्थित सनराइज हलमा आयोजित कार्यक्रममा एमालेले पूर्व राष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गर्दैछ ।

    ‘औपचारिकताका लागि निम्तो आएको छ अध्यक्षज्यूको आज अरु ठाउमै कार्यक्रम छ ’, अध्यक्ष नेपालको सचिवालयका एक सदस्यले भने, ‘जसले गणतन्त्रमा दुईदुई पटक संसद विघटन गर्न सहयोग गर्यो उसैलाई सम्मान गर्ने कार्यक्रममा जान उचित पनि छैन ।’

    पूर्वप्रधानमन्त्रीका हैसियतमा नेता नेपाल र झलनाथ खनाललाई समेत निम्ता गरिएको सो कार्यक्रममा नेता नेपाल भने नजाने भएका हुन् । सत्ता साझेदार दलकै कार्यक्रम भएकाले खनाल भने सहभागी हुने उनको निजी सचिवालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ