• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    २४ घण्टाभित्र यूएईमा २५४ मिलिमिटर वर्षा, २० जनाको मृत्यु

    2.2K
    SHARES



    काठमाडौँ । २४ घण्टाभित्र यूएईमा २ सय ५४ मिलिमिटर वर्षा भएको छ । मंगलबार संयुक्त अरब इमिरेट्स (युएई)को दुबईलगायत क्षेत्रमा २४ घण्टाभित्र २ सय ५४ मिलिमिटर वर्षा भएको बीबीसीले जनाएको छ ।

    बीबीसीका अनुसार पछिल्लो ३ दिन लगातार भारी वर्षा हुँदा ओमानमा १९ जनाको ज्यान गएको छ भने दुबईमा एक जनाको ज्यान गएको छ ।  

    भारी वर्षाका कारण यूएई, ओमानलगायतका क्षेत्रका स्कुल, कलेजहरू बन्द भएका छन् भने बुधबार ५ घण्टासम्म दुबईको अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको र बिहीबार पनि विमानस्थलका सेवाहरू ढिला भइरहेको छ । अधिकांश क्षेत्रका सडक यातायात सेवा पनि बन्द छन् ।

    यूएईको जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् ईस्रा अल्नाक्वीका अनुसार वातावरणीय प्रभाव र जलवायु परिवर्तनको कारणले दुबईमा भारी वर्षा भएको हो ।

    समाचार संस्था रोयटर्सका अनुसार यो वर्षा यूएईमा सन् १९४९ पछिको सबैभन्दा धेरै रेकर्ड भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ