• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

इन्डोनेसियाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, थप २ शव फेला पारेसँगै खोजी कार्य स्थगित

2.9K
SHARES



तस्बिर रोयटर्स

जाकर्ता। खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप २ शव फेला पारेसँगै पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले मंगलबार जनाएको छ ।

स्रोतका अनुसार उच्च बहावसहितको तीव्र वर्षाले शनिबार राति लेमाङ रनदन बाटु र मानगाउँका अस्थिर भूमिमा पहिरो जाँदा केही मानिस घाइते भएका थिए भने ४ वटा घर पुरिएका थिए ।

कुहिरो, वर्षा र पहिरोका कारण सडक अवरुद्ध भए पनि खोजी तथा उद्धार कार्य गरिएको थियो । हालै मृतक दुई जनाको खोजीसँगै बेपत्ता भएका सबै फेला परेका छन् । त्यसपछि खोजी अभियान स्थगित गरिएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ