• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति सुदुरपश्चिम

    एकीकृत समाजवादीद्वारा लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता, मुख्यमन्त्री नियुक्तिको कोर्स परिवर्तन हुने

    1K
    SHARES



    कैलाली । नेकपा एकीकृत समाजवादी पार्टीले लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

    नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । योसँगै मुख्यमन्त्री नियुक्तिका लागि कोर्स परिवर्तन हुने भएको छ ।

    यसअघि कांग्रेसका कमल शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भनेका थिए ।

    उक्त समयमा कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले माओवादीको समर्थनमा सोही पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ