• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    वाणिज्य बैंकहरुले वैशाखका लागि सार्वजनिक गरे नयाँ ब्याजदर

    794
    SHARES



    काठमाडौँ । वाणिज्य बैंकहरुले वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि महिनाको अन्तिम दिन (मसान्त) मा नै नयाँ ब्याजदर प्रस्ताव गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन अनुसार बैंकहरुले वैशाखका लागि चैत ३० गते नै निक्षेपको नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् ।

    सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकहरुले चैतको तुलनामा वैशाखका लागि ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ५ वटाले स्थिर र दुईवटाले केही वृद्धि गरेका छन् ।

    नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक, एसबीआई बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंकले वैशाखका लागि ब्याजदर घटाएका छन् ।

    यस्तैगरी, सरकारी बैंक कृषि विकास बैंकसहित स्ट्यान्डर्ड चार्टर्ड, नबिल बैंक, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका छन् । तर, एभरेस्ट बैंक र एनएमबी बैंकले भने चैतको तुलनामा वैशाखका लागि केही ब्याजदर बढाएका छन् ।

    चैत महिनाका लागि औसत ५ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म ब्याजदर तोकेका बैंकहरुले वैशाखका लागि ०.१९ प्रतिशत विन्दुले ब्याजदर घटाउँदै ७.०६ प्रतिशत कायम गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया