• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एमाले ओखलढुंगाका अध्यक्ष शंकर कटुवालले दिए राजीनामा

    713
    SHARES



    काठमाडौं । नेकपा एमाले ओखलढुंगाका अध्यक्ष शंकर कटुवालले पदबाट राजीनामा दिएका छन् ।

    गुट उपगुटका कारण जिल्ला अधिवेशनमा निर्णय गर्ने र प्रमाणीकरण गर्न पाउने आफ्नो अधिकार कुण्ठित भएको भन्दै उनले जिल्ला अध्यक्ष र पार्टी सदस्य दुवैबाट राजीनामा बुझाएका हुन् ।

    जिल्ला इञ्चार्जमार्फत् प्रदेश कमिटी अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले लेखेका छन्, ‘मेरो झण्डै ३४ वर्षको राजनीतिक जीवन भोगाइमा यस्तो शैली मैले कहिले अनुभूत गरेको थिइनँ । मैले गरेको पार्टी योगदानको अर्थ र औचित्य नै नदेखेपछि जिल्ला अध्यक्ष र पार्टी सदस्य दुवैबाट राजीनामा पेस गरेको छु ।’

    नेकपा एमाले ओखलढुंगाको दशौं जिल्ला अधिवेशन यही चैत २६ र २७ गते रहेको थियो । चैत २५ गते उदघाटनसत्र समापन भएपछि बन्दसत्र सुरु भएपछि गठन गरिएको अध्यक्ष मण्डलको अध्यक्ष पदमा उनी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ