काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा भोलेन्टियर्स अर्गनाइजेसनको राष्ट्रिय भेला हुने भएको छ ।
खुसीबुस्थित नेपाः व्याङक्वेटमा भोलि (मङ्गलबार) आयोजना गर्न लागेको भेलाबाट भोलेन्टियर्स अर्गनाइजेसनको केन्द्रीय समिति गठन गरिने छ ।
आपतकालिन उद्धार, विपत् व्यवस्थापन, भ्रष्टाचार निवारण आन्दोलनमा प्रतिबद्ध हुँदै सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद निर्माणको दिशामा अगाडि बढ्न यो अर्गनाइजेशन बनाउन लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बिहान ११ बजेदेखि सुरु हुने भेलामा पार्टीका अध्यक्ष एवम् नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहने छन् । कार्यक्रममा पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईलगायतका नेताहरू सहभागी हुने छन् ।
प्रतिक्रिया