• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान

    1.2K
    SHARES



    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको छ । महासंघका अनुसार आइतबार २ हजार ९ सय रुपैयाँले बढेको छ ।

    यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ कायम छ ।

    शुक्रवार छापावाल सुनको मूल्य १ लाख ३२ हजार ७ सय र तेजाबी सुनको मूल्य १ लाख ३२ हजार ५० रुपैयाँ कायम छ । पछिल्लो दिनमा सुनको मूल्य लगातार बढिरहेको हो ।

    यस्तै, चाँदीको मूल्य पनि तोलामा १६ सय ७० रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया