काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् ।
आगामी १५ वैशाखमा इलाम २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाम मनोनयनपत्र दर्ता गराएका हुन् ।
रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराएका छन । यसअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन् ।
प्रतिक्रिया