• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

युक्रेनी सहरमा रुसी ड्रोन आक्रमण

2.1K
SHARES



काठमाडौँ । युक्रेनको खार्किभ सहरमा रुसी ड्रोन आक्रमणमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

मेयर इहोर तेरेखोभका अनुसार इरानमा निर्मित शाहिद ड्रोनले शनिबार बिहान केही अपार्टमेन्ट ब्लकहरूसहित धेरै भवनहरूमा प्रहार गरिएको थियो ।

खार्किभ रुसी सिमानाको सबैभन्दा नजिकको युक्रेनी सहर हो। पछिल्लो समय रुसले आफ्नो आक्रमणलाई तीव्र बनाएको छ । युक्रेनी अधिकारीहरूले भविष्यमा यो सहरमा रुसले आक्रमण गर्न सक्ने बताएका छन् ।

मेयर तेरेखोभले टेलिग्राम मेसेजिङ एपमा हमलामा कम्तीमा १० जना घाइते भएको बताए । केही अपार्टमेन्ट ब्लक, पेट्रोल स्टेशन र प्रशासनिक भवन र कारमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

शुक्रबार युक्रेनले ६ रुसी विमान नष्ट गरेको दाबी गरेको छ । युक्रेनी रक्षा स्रोतहरूले बीबीसी युक्रेनीलाई रोस्तोभ क्षेत्रमा आक्रमणमा अन्य आठ विमानहरू नराम्ररी क्षतिग्रस्त भएको जानकारी दिएको छ ।

यस आक्रमणमा २० सैनिकको मृत्यु भएको अनुमान गरिएको छ । रिपोर्टका अनुसार मोरोजोभस्क एयरबेसमा युक्रेनको युद्धमा प्रयोग गरिएका सुखोई-२७ र सुखोई-३४ विमानहरू छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ