• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बैक-विमा विजनेश

    माछापुच्छ्रे बैंकद्धारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

    1.5K
    SHARES



    काठमाडौं । माछापुच्छ्रे बैंकले क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे संग भिन्दा भिन्दै सम्झौता गरेको छ ।

    फोन पे संगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले युपिआइ इनेबल एप्सको प्रयोगद्धारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध बैंकका मर्चन्टहरुमासोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ । तथा सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्युआर भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको बैंकले जनाएको छ ।

    साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ्ग हाउससँग बैंक साझेदारी समेत गरेको हो । यस सम्झौता अनुरुप उक्त सेवा लाईभ गए पश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनै पनि ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन् । नेपाल राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकीए बमोजिम दैनिक रुपमा १५ हजार भारतिय रुपैयाँँ र मासिक १ लाख सम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास लिएको बैंकले जनाएको छ ।

    यसै गरि भारतमा रहेका नेपाली नागरिकहरूले पनि युपिआइ इनेबल एप्स प्रयोग गरेर तहां को नियामक निकयले तोकेको सिमाभित्र बसेर नेपालमा माछापुच्छ्रे बैंकको युपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन् । हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु दुई लाख सम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढि कारोबार ननाघ्ने गरि आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु पचास हजार पठाउन सक्नेछन् ।

    बैंकले गरेको यस पहलले ग्राहकलाई नगद बोक्ने असुविधालाई हटाउन, आर्थीक कारोबारको सहजीकरण र समग्र डिजिटल बैंकिङ्ग कारोबारमा टेवा पुर्याउने लक्ष्य लिएको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ