• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नेपाली बजारमा भित्रियो होन्डाको एनएक्स २००, कति पर्छ मूल्य ?

    1.7K
    SHARES



    काठमाडौँ। दुईपांग्रे सवारीसाधन होन्डाले आफ्नो नयाँ बाइक एनएक्स–२०० नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सिटी राइडिङ र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त मानिएको बाइक नेपाली बजारमा ल्याएको हो ।

    यो बाइकको ‘अप-राइट पोजिसन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ । यो बाइकमा उपलब्ध ‘वाइन्ड भाइजर’ र ‘एलइडी विंकर’सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाउनुका साथै बाइकलाई झनै आकर्षक बनाएको कम्पनीले जनाएको छ । ‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्ने गरी चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि यसको थप विशेषता रहेको कम्पनीको जिकिर छ ।

    इन्धन बचत पनि महत्वपूर्ण विशेषता रहेको यो बाइकमा १० वर्षसम्मको वारेन्टी प्याकेजमा ल्याएको कम्पनीले जनाएको छ । हाललाई विभिन्न चार रङहरूमा उपलब्ध यसको सुरुवाती बिक्री मूल्य ४ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ  ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ