• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली समाचार

    दैलेखमा चट्याङ र हावाहुरीसहितको असिना पानीले १२ वर्षीय शर्मिलाको मृत्यु

    2K
    SHARES



    सुर्खेत। शनिबार दिउँसो कर्णालीमा ठुलो मात्रामा चट्याङ, हावाहुरीसहित असिना पानी परेको छ ।

    चट्याङ लागेर दैलेखको भैरवी गाउँपालिका-६, तोरिमुलका १२ वर्षीय बालिका शर्मिला कँडेलको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताएका छन् ।

    चट्याङमा परी घाइते भएकी शर्मिलाको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । तर, उनको बाटोमै मृत्यु भइसकेको हो । साथै त्यहाँ एउटा बाख्रो पनि मरेको प्रहरीले जनाएको छ ।

    हावाहुरी र असिना पानीले विषेशगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ । टिप्नै लागेको गहुँ बालीमा असिनाले क्षति पुर्‍याउँदा किसानहरू भने चिन्तित बनेका छन् ।

    असिना राजधानी वीरेन्द्रनगरमा विगत ४-५ वर्षयताको सबैभन्दा धेरै परेको स्थानीयहरूले बताएका छन् । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वीरबहादुर वलीले हावाहुरीले विभिन्न ठाउँमा भइरहेको क्षतिबारे जानकारी लिने काम भइरहेको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ