• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति सुदुरपश्चिम

    टीकापुर बैठकको निर्णय नमान्ने नाउपाका दुई संस्थापक केन्द्रीय सदस्यको घोषणा

    1.7K
    SHARES

    काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई संस्थापक केन्द्रीय सदस्यले टीकापुर बैठकको निर्णयलाई नमान्ने घोषणा गरेका छन् ।

    विवादका बीच पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम सरकारबाट बाहिरिन आफ्ना सांसदलाई लिखित निर्देशन दिएपछि दुई संस्थापक केन्द्रीय सदस्य लक्ष्यबहादुर चौधरी र लक्ष्मण किशोर चौधरीले सो बैठकको निर्णय नमान्ने घोषणा गरेका हुन् ।

    नाउपाका संरक्षक र अध्यक्ष श्रीमान् श्रीमतीबीचको विवादले सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । नेता चौधरी विदेश भ्रमणमा रहेका बेला पार्टी अध्यक्ष रञ्जिताले बुधबार टीकापुरमा संस्थापक केन्द्रीय समितिको बैठक राखेर नयाँ समीकरणलाई समर्थन गर्ने र सुदूरपश्चिम सरकारबाट बाहिरिने निर्णय गरेकी थिइन् ।

    अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न शुक्रबार मात्र संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी छन् । उनले लेखेको पत्रमा भनेकी छन्, ‘सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दै छु, अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’

    अब नाउपाका दुई संस्थापक केन्द्रीय सदस्य लक्ष्यबहादुर चौधरी र लक्ष्मण किशोर चौधरीले १४ गते टीकापुरमा बसेको संस्थापक सदस्यहरूले गरेको निर्णयप्रति आफूहरूको समर्थन नभएको घोषणा गरेपछि यो विषय झन् पेचिलो हुने देखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ