• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    एमाले कास्कीको अध्यक्षमा ३ जनाको उम्मेदवारी

    776
    SHARES

    पोखरा । नेकपा एमालेको कास्की जिल्ला कमिटीको नयाँ नेतृत्वका लागि दुई गुटबीच प्रतिस्पर्धा हुने भएको छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुटको प्यानलसहित उम्मेदवारी परेको छ ।

    अध्यक्षमा खगराज समूहबाट बैनबहादुर अधिकारी क्षेत्री र पृथ्वीसुब्बा समूहबाट माधव बास्तोलाले मनोनयन गर्दा गराएका छन् । दुबै गुटभन्दा बाहिरबाट विवेक त्रिपाठीले उम्मेदवारी दिएका छन् ।

    खगराज समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका वैनबहादुर यसअघिका जिल्ला सचिव हुन् । पृथ्वीसुब्बा समूहका बास्तोला युवा संघको राजनीति हुँदै अध्यक्षमा उठेका हुन् ।

    वैनबहादुर प्यानलबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा सन्तु सुवेदी र लालबहादुर परियार छन् भने माधब बास्तोला समूहबाट उपाध्यक्षमा शिव आचार्य, सचिवमा सुरेन्द्र गुरुङ र उपसचिवमा राधिका शाही योगी र सीता विकले उम्मेदवारी दिएका छन् । उपसचिवमै प्यानल बाहेकबाट संगीता सुवेदीले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

    शनिबार एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेकोे अधिवेशनमा सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएको थियो ।

    अध्यक्षका उम्मेदवारहरुले आफू गुटको नभइ एमालेका प्रतिनिधिको भावनाअनुसार नेतृत्वमा दाबी गरेको बताएका छन् । अध्यक्षका उम्मेदवार बैनबहादुरले अनेरास्ववियु र पार्टीको गाउँ कमिटी, क्षेत्रीय कमिटी, कार्यालय सचिव, जिल्ला सचिव हुँदै स्वभाविक रुपमा अध्यक्षमा दाबी गर्ने ठाउँमा आफू आइपुगेको बताए ।

    ‘मै कुनै गुटको फुर्को समाएर उम्मेदवारी दिएको छैन । ९२५ जना प्रतिनिधिको सहानुभूति छ’, उनले भने, ‘सबै अग्रज नेताहरुको प्रिय पात्रका रुपमा चिनिएको र प्रत्येक अधिवेशनमा लोकप्रिय मत ल्याएर जित्ने व्यक्ति पनि हुँ । म सबै गुटको हुँ ।’

    अर्का अध्यक्षका उम्मेदवार माधव बास्तोलाले एमाले कास्कीलाई सुदृढ गराउनका लागि नेतृत्वमा आउन चाहेको बताए । युवादेखि पार्टीका विभिन्न तहमा रहेर काम गरेको अनुभव आफूसँग रहेको र अहिले राजनीतिमा युवाको विकर्षणलाई सम्बोधन गर्न आफूले नेतृत्वका लागि मनोनय दर्ता गराएको बास्तोलाले बताए ।

    ‘यो गुटको प्रतिस्पर्धा भन्नुभन्दा पनि यो दुई टा समूह निर्वाचनमा गएका हुन्, म कुनै गुटबाट उठेको होइन’, बास्तोलाले भने, ‘पार्टीलाई बलियो र सुदृढ गराउन सबै प्रतिनिधिको सल्लाह तथा रायअनुसार नै उम्मेदवार बनेको हुँ ।’

    अध्यक्षकै उम्मेदवार विवेक त्रिपाठी यसअघिका जिल्ला कमिटी सदस्य हुन् । उनले गुटको राजनीतिका विरुद्ध आफूले उम्मेदवारी दिएको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ