• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    पहिलो पटक जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण

    3.9K
    SHARES



    काठमाडौँ। अमेरिकामा शल्यचिकित्सकहरुले सुँगुरको मृगौला मानिसमा प्रत्यारोपण गरेका छन् ।

    अमेरिकाको म्यासाचूसेट जेनेरल अस्पतालका चिकित्सकले आनुवंशिक रूपमा सुधार गरिएको सुँगुरको मिर्गौला ६२ वर्षका बिरामीमा प्रत्यारोपण गरेका बीबीसीले जनाएको छ ।

    जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण गरेको संसारमै यो पहिलो पटक हो । यसअघि गएको भदौमा अमेरिकाकै न्यूयोर्क यूनीभर्सिटीका अनुसन्धानकर्ताले ब्रेन डेथ अर्थात दिमागको मृत्यु भएर शारीरिक प्रतिक्रिया मात्रै बाँकी रहेको अवस्थाका एक व्यक्तिमा सुँगुरको मृगौला प्रत्यारोपण गरेर अध्ययन गरेका थिए ।

    यस पटक सुँगुरको मृगौला प्रत्यारोपण गरिएका बिरामीमा नयाँ मृगौलाले पिसाब उत्पादन गर्न थालेको र बिरामी केहीदिनमै अस्पतालबाट डिस्चार्ज हुने अस्पतालका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    यदि आनुवंशिक रूपमा सुधार गरिएका जनावरबाट निकालिएको मिर्गौला ठूलो मात्रामा प्रत्यारोपण गर्न सकिएमा डायलासिसको चलन नै सकिन सक्ने अस्पतालले दावी गरेको छ ।

    डायलासिसले मानिसलाई जीवित राख्ने भए पनि सबैभन्दा उत्तम उपाय अंग प्रत्यारोपण नै हो । तर अंगको अभावका कारण बर्सेनि हजारौं बिरामीले मिर्गौलाको पर्खाइमा ज्यान गुमाउने गरेका छन् ।

    जनावरका अंग मानिसमा प्रत्यारोपणबारेमा दशकौंदेखि प्रयास भए पनि असफल भएका थिए । पछिल्ला वर्षमा जिन सम्पादन र क्लोनिङलगायतका वैज्ञानिक प्रगतिले यसलाई वास्तविकताको नजिक पुर्‍याएको छ ।

    जिन सम्पादन गर्दा अंगको सम्भावित अस्वीकृतिमा संलग्न जिन हटाउने र अनुकुलता बढाउन मानव जिन राख्ने गरिन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ