• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्नु नपर्ने प्रहरीको ब्रिफिङ छः प्रधानमन्त्री

    372
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्नै नपर्ने प्रहरीको ब्रिफिङ रहेको बताएका छन् ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले उठाउँदै आएका प्रश्नमाथि मंगलबारको प्रतिनिधि सभा बैठकबाट जबाफ दिँदै प्रधानमन्त्री दाहालले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेको संलग्नता नरहेको स्पष्टीकरण दिएका हुन्।

    ‘हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति र कर्मचारी र कुनै पनि भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ कहीँ कतै जोडिएको देखिएको छैन। सूर्य दर्शन वचत तथा ऋण सहकारी संस्थाका एक दर्जनभन्दा बढी वचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै गत साउन २२ गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटेको थिएन। यो उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गरेको अभियोगमा प्रहरीले १९ जना प्रतिवादी बनाएको छ। कास्की जिल्ला अदालतमा असोज १८ गते मुद्दा दायर गरेको तथ्य स्पष्ट छ,’ उनले भने।

    यो मुद्दा अदालतमा अझै पनि विचाराधीन रहेको १९ जनामध्ये ४ जना पक्राउ परेको र बाँकीको प्रहरीले खोजी गरिहेको बताए।

    ‘मूल उजुरी परेको ६ महिनापछि माघ १६ गते कास्की जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिइएको थियो। जसमा जसमा रवि लामिछानेसहित १८ जना व्यक्ति र कम्पनीलाई विपक्षी बनाइएको थियो। मूल उजुरीपछि थप प्रमाणहरू भेटिएमा पूरक जाहेरी दिई अनुसन्धान गर्न सकिने प्रावधान हुन्छ। उक्त जाहेरीमा उहाँ सहकारीको रकम हिनामिनामा संलग्न भएको कुनै आधार र प्रमाण पेस गरिएको छैन। एक पटक अनुसन्धान सकिएर अदालतमा पेस भइसकेको मुद्दामा कुनै आधार र प्रमाणबिनाको जाहेरी दर्ता गर्न आवश्यक नै हुँदैन, सामान्यतः त्यसैले प्रहरीले कानुनबमोजिम नै जाहेरी दर्ता गर्न उपयुक्त ठानेन र दर्ता गरेन,’ उनले भने।

    गृहमन्त्री लामिछानेको नाममा नाममा प्रवाह ऋण फर्छ्यौट भएको देखिन आएकोले उनको हकमा अनुसन्धान गर्नुनपर्ने देखिएको प्रहरीबाट ब्रिफ्रिङ पनि प्रष्ट शब्दमा भएको उनले बताए।

    ‘यो विषय उहाँ सरकारमा आउनुभन्दा अघिको हो, त्यतिबेला त अहिलेका प्रतिपक्षी पनि सरकारमा हुनुहुन्थ्यो,’ उनले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ