• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई दैनिक १ जीबीसम्म निःशुल्क मोबाइल डेटा

    1.6K
    SHARES

    काठमाडौं । आफ्नो फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई नेपाल टेलिकमले दैनिक १ जीबीसम्म मोबाइल डेटा उपलब्ध गराएको छ ।

    कम्पनीले उपलब्ध गराइरहेको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा यसरी ग्राहकले दैनिक मोबाइल डेटा पाउनेछन् ।

    टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेजमध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डेटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरुले यो सुविधा उपयोग गर्न सक्नेछन् ।

    वार्षिक एफटीटीएच कम्बो प्याकेज अन्तर्गत ५० एमबीपीएस र १ सया एमबीपीएस डेटाका साथै १ एनटीटीभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रुपमा आफ्नो मोबाइलमा क्रमशः ६सय एमबी र ८ सय एमबी डेटा प्रयोग गर्न पाउनेछन् ।

    एफटीटीएच डेटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसै अनुसार मोबाइलमा समेत डेटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

    यस अनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डेटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डेटा प्रयोग गर्न सक्नुहुन्छ भने १५० एमबीपीएस र २०० एमबीपीएस डेटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ९०० एमबी र १००० एमबी डेटा प्रयोग गर्न सकिन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ