• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गबिच भेटवार्ता

    675
    SHARES

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ ।

    आज बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।

    भेटमा नेपाल र चीनबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा संवाद भएको भनिएको छ ।

    यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने हो भने सबै पद खाली हुने बताए ।

    मङ्गलबार धनगढीमा सञ्चारकर्मीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा उजुरी परेको र कांग्रेसले त्यही विषय संसदमा उठाएकोबारे सोधेको प्रश्नमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । ‘उजुरी हालेकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री, सांसद सबै खाली हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भैगो नि !’, ओलीले भने ।

    उनले गम्भीर नै मुद्दा हुँदा, अपचलन देखिँदा, हिनामिना भएको ठहर भएमा त्यसलाई फरक ढङ्गबाट हेरिनुपर्ने बताएका छन् । ‘नेपाली कांग्रेसको तर्फबाट मन्त्री भएको सन्दर्भमा अस्ति कुरा उठेको थियो कि मुद्दा एकपछि अर्को छ, मुद्दा गम्भीर छन् तर झण्डा हालेर बयान दिइरहनुभएको छ, यस्तो अवस्थामा कमसेकम मन्त्रीको पद लिएर छानबिन,अनुसन्धान र न्यायमा प्रभावित गर्न नखोजेर किनारामा बस्नुस्’, अध्यक्ष ओलीले कांग्रेसका नेतामाथि प्रश्न उठ्न नसुनिएको बताउँदै भने । तर उनले एमाले नेतामाथि प्रश्न उठ्दा र बोलीमात्र चिप्लिदा पनि मन्त्रीबाट राजीनामा गर्न लगाएको स्मरण गरे ।

    ‘बोली चिप्लियो भनेको भरमा हामीले शेरबहादुर तामाङ र गोकुल बाँस्कोटालाई राजीनामा गराएका थियौ’, ओलीले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ