• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्न माओवादी पदाधिकारी बैठक बस्दै

    1K
    SHARES



    काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाउन नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ। आज साँझ ५ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाइएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

    राष्ट्रिय सभाको अध्यक्षमा अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल, झक्कु सुवेदी र नारायण दाहाल आकांक्षी छन्। ‘विभिन्न साथीहरूले इच्छा राख्नुभएको छ। पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउँछ,’ सचिव पौडेलले भने।

    हिजोको संसदीय दलको बैठकमा अधिकांश सांसदहरूले ६ वर्ष कार्यकाल भएको सदस्यलाई नै राष्ट्रिय सभाको अध्यक्षका उम्मेदवार बनाउनुपर्ने सुझाव दिएका थिए। बैठकमा अध्यक्ष प्रचण्डले सांसदहरूको सुझावअनुसार नै अघि बढ्ने जनाएका थिए।

    आकांक्षीहरूमध्ये ६ वर्षे कार्यकाल भएका झक्कु सुवेदीमात्रै हुन्। रोल्पाका सुवेदीलाई अध्यक्ष बनाउन उपमहासचिव वर्षमान पुनको समर्थन छ। उनी गत माघ ११ मा सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका थिए।

    नारायण दाहाल र उर्मिला अर्याल ०७८ मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। अर्याल ०७९ माघमा राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचित भएकी थिइन्। एमालेसहितको नयाँ गठबन्धन बनेपछि माओवादी केन्द्रलाई राष्ट्रिय सभा अध्यक्ष दिने सहमति भइसकेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ