• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सेतीमा माछा मार्न जाँदा बेपत्ता भएका मानबहादुर मृत फेला

    1.2K
    SHARES



    काठमाडौं। पोखराको सेती नदीमा माछा मार्न जाने क्रममा सम्पर्कविहीन भएका ४५ वर्षीय सार्की (मानबहादुर) लामा तामाङ मृत भेटिएका छन् ।

    फागुन १३ गते साँझबाट सम्पर्कविहीन रहेका उनको शुक्रबार बिहान करिब पौने ९ बजेको समयमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।

    रानाका अनुसार तामाङको शव पोखरा-१५, पट्नेरी क्षेत्रको सेती नदीमा ढुंगामा अड्किएको अवस्थामा भेटिएका हुन् । तामाङ सेती नदीमा सम्पर्कविहीन हुँदा सँगै माछा मार्न गएका ३ जनाको सकुशल उद्धार भएको थियो भने एकजना मृत भेटिएका थिए ।

    मृत भेटिनेमा पोखरा १ कस्केरीका ४० वर्षीय मंगा तामाङ छन् । माछा मार्ने क्रममा सम्पर्कविहीन बनेका तामाङको खोजीमा सुरुमा सशस्त्र प्रहरीको गोताखोर खटिएको थियो । तर गोताखोरले पनि पत्ता लगाउन नसकेपछि बिहीबार बिहान सेती नदीके ड्याम खोलेर पनि खोजिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया