• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सरकारसँगको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलनलाई थप सशक्त बनाउँदै मिटरब्याज पीडित

    1.1K
    SHARES



    काठमाडौँ । सरकारसँगको तीन पटकको वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि मिटरब्वाज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका छन्।

    विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितहरूसँग सरकारले वार्ता गर्दै आएको छ । तर, वार्ता कुनै निष्कर्षमा पुग्न सकेको छैन। यद्यपि आन्दोलनको बिच सरकारसँगको वार्तालाई भने निरन्तरता दिने उनीहरूको भनाई छ।

    सरकारसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्तासँगै आन्दोलनलाई समेत सशक्त बनाएर अघि बढ्ने मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुश्वाहले बताए।

    गृह मन्त्रालयले गठन गरेको वार्ता समिति र पीडितहरूबिच तीन पटक वार्ता भइसकेकाे छ । तर वार्ता निष्कर्षमा पुग्न नसकेको अध्यक्ष कुश्वाहले बताए। मिटर ब्याज अपराधबाट सिर्जित समस्यालाई समाधान गर्न अघि सारेका ६ बुँदे मागप्रति सरकारले नजरअन्दाज गरेको उनको आरोप छ।

    सरकारले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ गठन गरेको थियो । त्यसले गरेको काम कारबाही अपूर्ण एवम् विफल भएको पीडितहरूको भनाइ छ।

    आन्दोलनका कार्यक्रम अन्तर्गत आज उनीहरूले ‘सिट्ठी जुलुससहित बालुवाटार मार्च’ को आयोजना गरेका छन्। मार्चपास भृकुटीमण्डपबाट सुरु भई पुतलीसडक, डिल्लीबजारबाट कमलपोखरी, टंगाल हुँदै बालुवाटार र सोही रुट फिर्ता हुने कार्यक्रम छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ