• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्पोरेट विजनेश

    १ अर्बको आइपीओमा १९ अर्ब ३५ करोडको माग, १९.३२ गुणा आवेदन

    4.3K
    SHARES



    काठमाडौं। पहिलोपटक बुक बिल्डिङमार्फत जारी गरिएको सर्वोत्तम सिमेन्टको आइपीओमा ठूलो आर्कषण देखिएको छ। यो कम्पनीको प्रति कित्ता ३६०.९० रुपैयाँको आइपीओका लागि १९.३२ गुणा आवेदन परेको छ।

    अहिलेको प्रतिकूल अवस्थामा पनि कम्पनी नाफामा रहेको र भारतमा निर्यात वृद्धिले आगामी दिनमा राम्रो हुने विश्वासमा यसको आइपीओमा लगानीकर्ता आकर्षित भएका हुन्।

    सिडियस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सर्वोत्तमको आइपीओमा बुधबार साँझ ५ बजेसम्म १० लाख १२ हजार ३८४ आवेदन परेको छ। आवेदन भर्ने समय साँझ ५ बजे सकिएको छ।

    सीडीएससीका अनुसार, १ अर्बको आइपीओमा १९ अर्ब ३५ करोड ६५ लाख रुपैयाँ होल्ड भएको छ। लगानीकर्ताले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता आइपीओका लागि आवेदन दिएका छन्। कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ताका लागि फागुन १३ गते आवेदन खुलाएको थियो।

    न्यूनतम ५० कित्ताका लागि आवेदन भर्न भनिएकाले ५५ हजार ५२१ आवेदकले मात्र आइपीओ पाउनेछन्। अर्थात ९ लाख ५६ हजार ८६३ आवेदकको हात खाली हुने छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ