विराटनगर । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने बदल्ने खेलमा एमाले नरहेको बताए ।
उनले एमाले मिसन ८४ मा लागेको भन्दै सरकारको विषय प्राथमिकतामा नरहेको बताएका हुन् । उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको बताए । उनले भने ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन ।’
उनले कांग्रेस महासमिति बैठकबाट संविधान संशोधनको ब्याक फायर गरेको बताए । विराटनगर विमानस्थलमा पत्रकारसङ कुरा गर्दै संविधान के का लागि ? किन र के संशोधन गर्ने स्पष्ट हुनुपर्ने अध्यक्ष ओलीले बताए ।
उनले कांग्रेस अहिले प्रतिगामी सोचका साथ अगाडि बढेको पनि बताए । उनले प्रश्न गरे ‘एमालेले प्रतिगमनका लागि साथ दिनु पर्ने ?’
प्रतिक्रिया