• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सबै सेवा बन्द गरेर त्रिभुवन विमानस्थलका पूर्वाधार विस्तार र मर्मत गरिने

    2.9K
    SHARES



    काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आउँदो वर्ष केही दिन विमानस्थल नै बन्द गरेर पूर्वाधार विस्तार र मर्मतका काम तयारी थालेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिक टर्मिनल भवन, एप्रोन, ट्याक्सी–वे लगायतका पूर्वाधार निर्माण तथा विस्तारका लागि केही दिन विमानस्थल नै बन्द गर्ने तयारी भएको हो । नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ ले आउँदो बर्खा सकिएपछि काम शुरु गर्नुपर्ने जनाएको छ ।

    यसका लागि आयोजनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने ४० वटा वायु सेवा कम्पनीसँग सामान्य छलफल पनि गरेको छ । विमानस्थल बन्द गर्नुअघि अन्तर्राष्ट्रिय र राष्ट्रिय विभिन्न निकायसँग छलफल र अनुमति लिनुपर्छ । यसअघि विमानस्थलको धावन मार्गको मर्मत गर्दा रातभर काम गरेर दिउँसो उडान गरिएको थियो । तर अब अत्यावश्यक उडानका लागि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेकाले कुनै हतार नगरि त्रिभुवन विमानस्थलका विभिन्न क्षेत्रको मर्मत र स्तरोन्नति गर्न लागेको आयोजनाले जनाएको छ ।

    काठमाण्डौबाट हुने सबै अन्तर्राष्ट्रिय उडानलाई पोखरा वा भैरहवामा ‘डाइभर्ट’ गर्ने सम्भावना पनि रहेको छ । अन्तर्राष्ट्रिय हवाई यात्रुहरूले एक वर्षअघिदेखि नै टिकट बुकिङ गरिसक्ने भएकाले विमानस्थल बन्द गर्दा धेरै योजनाहरू बनाउनुपर्ने विमानस्थलले जनाएको छ ।

    त्रिभुवन विमानस्थल विस्तारको गुरुयोजना अनुसार एसियाली विकास बैंकको ऋण सहयोगमा धावनमार्ग, ट्याक्सी वे, पार्किङ वे, एप्रोन लगायत पूर्वाधारको विस्तार भइरहेको छ । गुरुयोजना अनुसार निर्माण कार्य सकिएपछि अहिले जस्तो आकाशमा जहाज ‘होल्ड’ गराउनुपर्ने र साना जहाजलाई काठमाण्डाैबाहिरका विमानस्थलमै ‘होल्ड’ गराउनुपर्ने समस्या समाधान हुनेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ