• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाण्डौ महानगरभित्रका स्वास्थ्य संस्थाले अब मासिक प्रतिवेदन बुझाउनुपर्ने

    566
    SHARES



    काठमाण्डाै । काठमाण्डौ महानगरपालिका क्षेत्रभित्रका निजी अस्पताल, सामुदायिक अस्पताल, पोलिक्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने भएको छ ।

    यसका लागि महानगरले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आईएचएमआईएस) को युजर नेम र पासवर्ड उपलब्ध गराउन थालेको छ । युजर नेम र पासवर्डसँगै प्रणाली कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्वास्थ्य विभागले प्रशिक्षण दिने गरेको छ ।

    स्वास्थ्य विभागका प्रमुख सजिना महर्जनका अनुसार यसअघि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस) कार्यान्वयनमा थियो । त्यसलाई विकसित र परिष्कृत गर्दै महानगरले एकीकृत प्रणाली कार्यान्वयनमा ल्याएको हो । महानगरपालिकाले अस्पताल दर्ता तथा नवीकरणलाई पनि अनलाइन प्रणालीमा आबद्ध गर्ने तयारी गरेको छ ।

    विभागकी सिनियर अनमी निरीक्षक लक्ष्मी पौडेलका अनुसार महानगरभित्र निजी, सामुदायिक अस्पताल, पोलिक्लिनिक र फार्मेसीसहित झन्डै तीन हजार स्वास्थ्य संस्था छन् । विशेषज्ञ स्वास्थ्य सेवा दिने अस्पतालको सङ्ख्या झन्डै ७० वटा छन् । यसलाई अद्यावधिक गराएर वास्तविक सङ्ख्या यकिन गर्ने काम भइरहेको छ ।

    एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीले औषधि पसलबाहेक रोगको परीक्षण र उपचार गर्ने संस्थालाई समेटेको छ । यसबाट प्राप्त विवरणले सहरमा कति बिरामीले स्वास्थ्य परीक्षण गराए, कुन रोगको कति बिरामीले उपचार गराए, उनीहरूको उमेर समूह कुन थियो, प्रयोगशाला परीक्षण कति जनाको भयो, एक्स-रे कति जनाले गराए, ओपीडी सेवा कतिले लिएजस्ता सेवा र रोगसँग सम्बन्धित विवरण थाहा हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ