• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘परिणाम देखाउन नसक्ने मन्त्रीलाई फिर्ता गरे हुन्छ’

    1.1K
    SHARES



    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले परिणाम निकाल्न असफल मन्त्रीलाई फिर्ता गर्नुपर्ने बताएका छन् । बुधवार शेर्पा पर्यटन व्यवसायी सङ्घद्वारा आयोजित गेल्पो ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले यस्तो भनेका हुन् ।

    उनले भने,‘ समग्र विकासको निर्धारण राजनीतिले गर्छ । सरकार छिटो-छिटो फेरबदल हुने अस्थिर राजनीतिले बर्षौ देखि थोपारिएको समस्याको चाङ माथि छौँ । अब सरकारले प्रधानमन्त्रीको अगुवाइमा गति बढाउँछ । परिणाम देखाउन नसक्ने मन्त्रीलाई फेरि दिँदा हुन्छ ।’ किरातीले देशका अगाडि व्यक्ति कोही र केही नभएको भन्दै आफू पद छाड्न तयार रहेको समेत बताए ।

    उनले भने, ‘मन्त्री कुनै मान्छेको लागि पालो पुर्‍याउनु मात्र होइन । देश र जनतालाई परिणाम दिनु मुख्य कुरा हो । म अहिले पद छाड्न तयार छु । किनकि म भन्दा माथि देश छ ।’ शेर्पाहरू हिमाली फूल भएको बताउँदै देशको गौरवमय परिचय शेर्पा भएको दाबी उनले गरे ।

    किरातीले भने,‘ शेर्पाहरूले देशलाई विश्वसामु चिनाएका मात्रै छैनन् उनीहरू संस्कृतिका धेरै धनी छन् । पर्यटन क्षेत्रमा शेर्पाहरू जति चिनिए उनीहरूको संस्कृतिलाई अझ उजागर गरेर पर्यटनसँग जोड्न सक्नुपर्छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ