• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नापी कार्यालयका सर्भेक्षक १ लाख घुससहित पक्राउ

    1.7K
    SHARES



    काठमाडौँ । नापी कार्यालय कलंकीका सर्भेक्षक १ लाख घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाईलाई पक्राउ गरेको हो ।

    यस्तै टोलीले ‘राजधानी लेखापढी सेवा’का लेखापढी कर्मचारी नेत्रमणि पोखरेललाई पनि पक्राउ गरेको छ ।

    दुई जना मिलेर जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो ।

    चौलागाई र पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ