• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    फोटो-फिचर

    लामो समय पछिको बर्षा र हिमपातले मुस्कुराएको रामारोशन (फोटो फिचर)

    8.2K
    SHARES

    काठमाडौँ। सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र मध्यको एक अछामको रामारोशन पर्यटकीय क्षेत्रमा बाक्लो हिउँ परेको छ । बुधबात रातिदेखि रामारोशनको रामे,किनिमिनि, सालिमकोट, चिर्किट्टे, चाका डाँडा लगायत रामारोशन क्षेत्रका उच्च भू-भागमा हल्का वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरू हिउँले सेताम्य देखिन्छन् ।

    हिमपात भएसँगै यहाँका पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन् । रामारोशन घुम्न आउन चाहानेहरुका लागी सहजै यातायातको सुविधा रहेको छ भने होटलहरु संचालनमा रहेको छन् । सेताम्य हिमालको दृश्य नियाल्दै तालमा बोटिङ्ग गर्नेको भिड पनि उत्तिकै छ ।

    पाताल गाउँबाट करिब दुई घण्टाको पैदल यात्रामा पुगिने रामारोशन पर्यटकीय क्षेत्रमा यातायातमार्फत सहजै पुग्नसकिन्छ । लामोसमय पछिको हिमपात र वर्षाले त्यहाँका गाऊँहरु हरियाली देखिएका छन्र भने चाका, चिर्किट्टे, सालिमकोट लगाएतका डाँडा हिउँको घुम्टोले मनमोहक देखिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ