• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह

    3.7K
    SHARES



    काठमाडौँ। लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजसंस्था ल्याउने उद्घोष गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

    प्रसाईंले सोमबार बिहान बाराको सिमरामा भेटवार्ता गरेका हुन् । सोमबार शाहसँग बसेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले भेटवार्तालाई अर्थपूर्ण भनेका छन् ।

    प्रसाईंले भ्रष्टाचार, बेथितिलगायतको देशको समग्र विषयमा पूर्वराजासँग छलफल भएको बताएका छन् ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले गठन गरेको उपसमितिको प्रतिवेदनप्रति असहमति राखेकी छन् ।

    सिटीइभिटी र चिकित्सा शिक्षा आयोग बीच पीसीएल नर्सिङ सम्बन्धन, नियमन, मापदण्ड लगायतका विवाद अध्ययन गरी सुझाव दिनका लागि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा उपसमिति गठन गरिएको थियो ।

    उपसमितिले चिकित्सा शिक्षा ऐन मर्म विपरीत र नर्सिङका गुणस्तरको मापदण्डमा खलल पुग्ने गरी सुझावहरु दिएकाले आफूले असहमति राखेको कार्कीले उल्लेख गरेकी छन् ।

    समिति सभापतिलाई बुझाएको पत्रमा कार्कीले असहमतिका पाँच बुँदा उल्लेख गरेकी छन् । सुझाव प्रतिवेदनमा हस्ताक्षर गर्न आफूले अस्विकार गरेपनि थप छलफल नै नगरी निर्णय कार्यान्वयनका लागि मन्त्रालय पठाइएको भन्दै उनले असहमति राखेकी छन् ।

    गुणस्तर र प्रयोगात्मक शिक्षाका लागि १ सय शय्या र ६० प्रतिशत शय्या अकुपाई भएको आफ्नो अस्पताल हुनुपर्ने राय राखिए पनि उपसमितिले त्यस विपरीत निर्णय लेखेको भन्दै उनले असहमति जनाएकी छन् । विज्ञ र सरोकारवालाको राय विपरीत एवम् चिकित्सा शिक्षा ऐनको मर्म विपरीत निर्णय लेखिएकाले आफ्नो असहमति रहेको उनले उल्लेख गरेकी छन् ।

    संस्थालाई मापदण्ड पुगेता पनि नर्सिङ भर्ना गर्ने अनुमति नदिइएको भन्ने तथ्यांक खोजी गर्ने र त्यसो भएको हो भने सच्याउन निर्देशन दिनुपर्ने राय राखेकोमा तथ्यांक खोजी तर्फ उपसमितिले चासो नदिएको कार्कीले असहमतिमा लेखेकी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया