• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नेता लोहनी भन्छन्- राप्रपाको कार्यदिशा स्पष्ट हुनुपर्छ

    1.6K
    SHARES



    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष तथा नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन् ।

    शुक्रबार राप्रपा आन्दोलन परिचालन समितिले गरेको वृहत् आन्दोलन पूर्वतयारी छलफलमा बोल्दै नेता लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका हुन् ।

    उनले आन्दोलनमा जाने भए आन्दोलनमा जानुपर्ने र आन्दोलन नगर्ने भए नगरी बस्नुपर्ने बताएका छन् । उनले पार्टीको कार्यदिशाको सम्बन्धमा बैठकमा छलफल हुनुपर्ने र बहुमतले पारित गरेको निर्णय लागू हुनुपर्ने भनेका छन् ।

    नेता लोहनीले राप्रपामा आन्दोलनमा जानुपर्ने मत बलियो भएको भन्दै आन्दोलन गर्नुपर्नेमा जोड दिए । उनले राप्रपा पनि एमाले, कांग्रेस र माओवादीभन्दा फरक रहेनछ भन्ने स्थितिमा पुर्‍याउनु नहुनेमा शतर्क रहनुपर्ने पनि बताए ।

    उनले राप्रपाले वैचारिक शक्ति र संगठन निर्माणलाई साथसाथै अगाडि बढाउनुपर्ने बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ