• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार सुदुरपश्चिम

    राष्ट्रिय सभा निर्वाचन- सुदूरपश्चिम प्रदेशमा मतदान सुरु, कसले हाले पहिलो मत ?

    2.4K
    SHARES



    काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा मतदान सुरु भएको छ ।

    प्रदेशका उधोग, पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेका छन् । ३ पदका लागि हुन लागेको निर्वाचनको मतदान बिहान ९ देखि ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए । मतदान प्रदेश सभा परिसरमा जारी छ जसको लागि एक वटा मतदान स्थल र दुई वटा मतदान केन्द्र तोकिएको छ ।

    ‘क’ मतदान केन्द्रमा प्रदेश सभा सदस्यहरुको लागि बनाइएको छ भने ‘ख’ मतदान केन्द्र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको लागि बनाइएको सहायक निर्वाचन अधिकृत भट्टले बताए । यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७६ जना स्थानीय तहका प्रतिनिधि गरी २२८ जना मतदाता रहेका छन् ।

    यहाँ नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिएपछि रिक्त हुने ३ स्थानको लागि निर्वाचन भइरहेको हो ।

    यहाँ सत्तारुढ दल नेपाली कांग्रेसबाट अन्य कलस्टरबाट कञ्चनपुरका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरबाट कैलालीका नारायणदत्त भट्ट उम्मेदवार छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट महिला कलस्टरबाट बैतडीकी रेणु चन्द उम्मेदवार बनेकी छिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया