• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सप्तरीमा उपेन्द्र यादव आउने कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्र

    2K
    SHARES



    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरीमा सोमबार अर्थात् भोलि हुने कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम स्थगित गर्न गृह मन्त्रालयलाई पत्र लेखेका छन् ।

    जिल्लाको शान्ति सुरक्षा कायम राख्न शिलान्यास कार्यक्रम स्थगित गर्न राउतले गृह मन्त्रालयमा पत्र पठाएका हुन् । ‘इमेलबाट गृह मन्त्रालयलाई पत्र पठाएका छौं, सप्तरी जिल्ला प्रशासनलाई पनि बोधार्थ दिइएको छ’, केन्द्रीय सचिव बीपी साहले भने ।

    जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजविराजमा भोलि कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रम रोक्न भन्दै मधेश प्रदेश सरकारमा शिक्षा तथा संस्कृति मन्त्री रहेका जनमत पार्टीका नेता महेशप्रसाद यादवले पनि वक्तव्य जारी गरेका छन् ।

    ‘कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी, रजिष्ट्रार हुने जानकारी समेत गराउन चाहन्छु’, मन्त्री यादवले जारी गरेको बक्तव्यमा उल्लेख गरिएको छ ।

    यसअघि आइतबार नै शिल्यान्यास रोक्नुपर्ने मागसहित विश्वविद्यालयमा जनमतका कार्यकर्ताले ताला लगाएका छन् । तर शिल्यान्यास कार्यक्रम नरोकिएपछि जनमतका अध्यक्ष राउतले गृह मन्त्रालयलाई पत्र लेखेका छन् ।

    कृषि विश्वविद्यालय रहेको निर्वाचन क्षेत्र (सप्तरी-२) बाट राउतले अध्यक्ष यादवलाई गत वर्षको चुनावमा जितेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ